neapl investment mega bank
  • गृहपृष्ठ
  • डिजिटल बैकिङ्ग कारोबारमा गरिमा विकास बैंक लिमिटेड सम्मानित

डिजिटल बैकिङ्ग कारोबारमा गरिमा विकास बैंक लिमिटेड सम्मानित

Dec 24th, 2025

काठमाडौं, पुस ९

नेपाल क्लियरिङ हाउस लिमिटेडको १७ओ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गरिमा विकास बैंक लिमिटेड ‘Excellence in Digital Transactions FY 2081/82’ र ‘Excellence in Nepalpay QR Transaction FY 2081/82’ बाट सम्मानित भएको छ। आ.व. २०८१/०८२मा विकास बैंकहरुमध्ये सबैभन्दा बढी डिजिटल तथा QR कारोबार गरे वापत उक्त अवार्डबाट सम्मानित भएको हो ।

मिति २०८२ पोष ०८ गते, मगलबार नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा काठमाडोमा आयोजित कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री माधय प्रसाद उपाध्यायज्यूले उक्त अवार्ड ग्रहण गर्नुभएको थियो । समायानुकुल नविनतम डिजिटल बैंकिङ्ग सेवाहरुलाई थप ग्राहकमैत्री बनाउन अग्रसर यस विकास बैंकलाई प्राप्त उक्त अवार्डहरुले डिजिटल कारोबार विस्तारमा थप उर्जा प्रदान गरेको छ। विकास बैंक २०८२ भाद्रमा भारतीय चेम्बर अफ कर्मशले नयाँ दिल्लीमा आयोजना गरको ईर्गजिङ एशिया बैंकिङ् कन्क्लेभ एण्ड अवार्डमा बेस्ट बैंक सहित २ वटा अवार्डबाट समेत सम्मानित भएको थियो ।

हाल, गरिमा विकास बैंकको देशभर १२६ शास्खा कार्यालय र ५१ एटिएमका साथै नविनतम डिजिटल बैकिङ मार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।