मेरो आत्मा मेरो देश नेपालमा घुमिरहेछ
मिठो शान्ति मुस्कानले सजिएको छ
जहाँ शान्तिको फूल उमिन्छ
शान्ति हामीले हिडने बाटोमा हुनेछ
देशको हितमा काम गर्नु छ
सत्यको बारेमा केही कुरा खोज्नु छ
मेरो देशमा शान्ति
मेरो देशको शान्ति मेरो लागि
कसैलाई कुनै चोट नपुगोस
कसैले कसैलाई धोका नदिनुहोस
आफुले गरेका पाप कर्म सम्झनुहोस
अब सुध्रिनुहोस
शान्ति यो देशको अभिन्न अंग हो
कसैलाई दुस्ख नदिइ शान्तिको मार्ग रोज्नुपर्ने हो
मेरो आत्मा मेरो देश नेपालमा घुमिरहेछ
मिठो शान्ति मुस्कानले सजिएको छ
जहाँ शान्तिको फूल उमिन्छ
शान्ति हामीले हिडने बाटोमा हुनेछ
लेखक: गोबिन्द राज ओझा (राजन)