neapl investment mega bank

कविता: मेरो जन्मभूमि…

Dec 20th, 2025

मेरो जन्मभुमि ,महान स्वतन्त्र भुमी विश्वले चिन्दछ
नेपाल नाम मलाई मनपर्छ
यहाँका खोला चट्यानहरु मन पर्छ
मन्दिर भएका पहाडहरु घुमिरहन मन लाग्छ

नेपाल देशलाई माया गर्नु छ
तिर्थयात्रीहरुको गौरव भुमी भनेर चिनिन्छ
वीर पुर्खाहरु नासो पवित्र भूमि नेपाल
हरेक हिमाल र पहाडले स्वतन्त्रता र शान्तिको सन्देश बोकेको नेपाल

आज यो देशले न्याय खोजिरहेछ
समृद्ध नेपाल बनाउन प्रयास गर्नु छ
हाम्रो भुमी सधै उज्यालो हुनुपर्छ
शान्तिको पवित्र प्रकाश सबैतिर फैलिनु पर्छ

लेखक: गोबिन्द राज ओझा (राजन)