neapl investment mega bank

कविता: तिमी मेरो सबैभन्दा…

Dec 18th, 2025

तिमी मेरो सबैभन्दा मिल्ने साथि हौ
तिमी मेरो हृदयमा छौ
तिमी अनन्त प्रेम हौ
हामी एक अर्काको लागि जन्मिएका हौ

तिमी मेरो लागि सबैभन्दा बहुमुल्य उपहार हौ
मलाई थाहा छ तिमी मेरि हौ
हाम्रो मित्रता सुर्य चन्द्रमा जस्तै उज्यालो छ
हातमा हात काधमा काध मिलाएर हिडनु छ

तिमी अगाडिको बाटो उज्यालो पार्ने अटल प्रकाश हौ
तिमी मेरो मार्गदर्शक थियौ
एक अर्काको साथ पाइला पाइलामा हुनेछ
हामी नजिकका साथी हौ अझै नजिक हुनुछ

हामीले कुरा गर्यौ हास्यौ समय बित्ने छ
तिम्रो मुस्कानमा जादु छ

तिमी मेरो सबैभन्दा मिल्ने साथि हौ
तिमी मेरो हृदयमा छौ
तिमी अनन्त प्रेम हौ
हामी एक अर्काको लागि जन्मिएका हौ
लेखक: गोबिन्द राज ओझा (राजन)