neapl investment mega bank
  • गृहपृष्ठ
  • सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा बिजयी

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा बिजयी

Dec 18th, 2025

काठमाडौं, पुस ३

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नेकपा (एमाले) को केन्द्रीय सदस्यमा पहिलो पटक निर्वाचित भएकी छिन्। एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा चुनावी प्रतिस्पर्धाबाट उनी विजयी भएकी हुन्।

डंगोलले राजधानी विशेष प्रदेशबाट ४० वर्षमुनिको युवा कोटामा उम्मेदवारी दिएकी थिइन्। यो कोटामा एक केन्द्रीय सदस्य पद आरक्षित गरिएको थियो। उनले दुई प्रतिस्पर्धीलाई अत्यधिक मतले पराजित गर्दै १६६८ मत प्राप्त गरेकी छिन्। उनका प्रतिस्पर्धी राजन थापाले २२९ मत र सन्तोष खड्काले ३३० मत ल्याएका थिए।