सोलुखुम्बू मँसिर – २८,
सोलुखुम्बू जिल्ला नेचासल्यान गाँउपालिका वडा नं.-२, मा बिगत २६ गते देखि सञ्चालित सामुदायिक/सडक तथा घर पालुवा कुकुरहरु को स्थाई बन्ध्याकरण र रेबिज खोप बिरुध्द शिबिर आजबाट समाप न भएको छ ।
स्थानिय नेचासल्यान गाँउपालिका पशु शेवा शाखा द्वारा प्रायोजित सो बन्ध्याकरण शिबिर कार्यक्रमको जिम्मा भने हिमा लय एनिमल रेस्क्यू ट्रष्ट पोखराले लिएको थियो। निरन्तर चार दिन सम्म सञ्चालित सो शिबिरमा ९३ (Male) छाउरा र ४० छाउरी (Female) गरि जम्मा १३३ कुकुरहरुको स्थाई बन्ध्याकरणको काम पूरा गरेको छ। विशेष पशु सँग सम्बन्धित सो चिकित्सक टोलिले एक छाउरी (Female) बिरालोको समेत स्थाई बन्ध्याकरण गरेकोछ, भने स्वास्थ्य प्रतिकूलताको कारण धेरै दिन अघि पेट भित्र मृत्यु भईसके को बाख्राको मृतक पाठालाई अप्रेशन द्वारा निकालि आमा (माउ) बाख्रालाई सकुशल बचाएका छन ।
लगभग २००, सँख्यामा कुकुर हरुको बन्ध्याकरणको अनुमान गरिएको सो शिबिरमा सोचे जति सँख्या पुराउन नसके पनि पशु चिकित्सक तथा कर्मचारीहरु खुसि साथ आज बिदाई भएका छन । गाँउघरमा भुस्याहा कुकुरहरुको बिग बिगि तथा रेबिज जस्तो खतरनाक रोगहरु बिरुध्द चालिएको यो कद मलाई स्थानिय पशु शेवा शाखा तथा स्थानिय गाँउपालिकालाई हर नागरिकहरुबाट धन्यबाद भने भन्नै पर्ने आवश्यक जस्तो भएको छ ।
अन्त्यमा आज सो पशु स्थाई बन्ध्याकरण शिबिरलाई प्रारम्भमा उद-घाटन गरेका स्थानिय २, नं. वडाध्यक्ष सिताराम काफ्लेले आज पनि स्थानिय कृषि शाखा प्रमुख लेखनाथ बास्तोला द्वय द्वारा सो शिबिर कार्यक्रमको समापन पनि गरेका छन।