सोलुखुम्बू मँसिर – २७,
सोलुखुम्बू जिल्ला नेचासल्यान गाँउपालिका वडा नं. – २, स्थित श्री महेन्द्रोदय माध्यमिक बिधालयको खुल्ला प्राङ्गणमा आज जलदेबी साना किसान सहकारी सँस्था वडा नं. १/२ ले प्रारम्भिक साधारण सभा आयोजना गरेको छ । स्थानिय गाँउपालिका प्रमुख धनजन राईको प्रमुख आतिथ्यमा सञ्चालित आजको कार्यक्रममा नेपाल कृषि केन्द्रिय सँघ अनुशरण कार्यक्रमका अधिकृत सुमन बाहोरा बिशिष्ठ अतिथिमा रहेका थिए यसै गरि आजको कार्यक्रमलाई सो सँस्थाका कर्मचारी सुजिता कार्कीले सञ्चालन गरेकि थिईन भने कार्यक्रमका सभाध्यक्ष सोही सँस्थाका अध्यक्ष सबिना कार्की रहेकि थिईन ।
बिगत ०८१ पौष देखि गठन तथा सँस्था सञ्चालन शुरु गरेको जलदेबी साना किसान सहकारी सँस्थाको आय, ब्ययबाट आरम्भ गरिएको आजको कार्यक्रममा सो सँस्थाका समुहहरु जम्मा ६३ रहेको र सदश्य सँख्या जम्मा ३८३, रहेको बताईएको छ, यसै गरि सो समुहहरुको हाल सम्म कुल लगानीमा रहेको रकम रु – २६ लाख ६४ हजार ५ सय तीस रहेको बताईएको छ ।
लगभग एक बर्षको छोटो समयावधि भित्र यति ठुलो रकम सँकलन हुँदै गर्दा यस सँस्थाले ऋणि सदश्यहरुलाई सामुहिक जमानीमा एक ब्यक्ति बराबर २० हजार देखि १, लाख सम्म लगानी समेत गरेको आज स्पष्ट बताईएको छ । साधाहरणतय सहकारी भन्नाले सदश्यहरुको सँयुक्त स्वामित्व र प्रजातान्त्रिक नियन्त्रणबाट सञ्चालित कुनै पनि सीपमुलक तथा आयमुलक ब्यबसायमा सरिक भई एक आपसि हितका लागि आर्थिक कारोबार गर्न स्थापित सँस्थालाई नै सहकारी भन्ने बुझिन्छ र यसमा सदश्यहरुको आर्थिक सहभागिता समेत रहेको हुन्छ । हाम्रो राज्यको दुई तिहाई जन सँख्या कृषि क्षेत्रमा रहेको उपस्थितिले उनिहरुको उत्पादन क्षमतामा बृध्दि गर्दै उत्पादकत्व बढाउने देखि बजारीकरणका लागि समेत सहकारीको आवश्यक्ता अपरिहार्य देखिन्छ भने कतिपय सहकारी क्षेत्रमा मनोबैज्ञानिक आतँकको कारण हाल सम्म यस सँस्थाले सोचे जस्तो गति लिन नसकेको पनि प्राय सतहमा देखिएका छन ।
आज कार्यक्रममा प्रमुख अतिथि राईले सहकारी भनेको के हो र किन जस्तो बिषय हरुमा आफ्नो अभिब्यक्ति प्रस्तुत गरेका थिए भने बिशिष्ठ अतिथि बोहोराले बचतको बारेमा उपस्थिति सबैलाई बुँदागत रुपमा स्पष्ट पारेका थिए । आज कार्यक्रमको अन्त्यमा सभाध्यक्ष सबिना कार्कीले यस सहकारी सँस्थाले सदश्य सँख्या ४०० र आफ्नो पुँजिलाई ३७ लाख सम्म पुराउन सके नेपाल सरकारबाट ५१ लाख सम्म यस सँस्थालाई ऋण लगानी सहयोग गर्न सक्ने कुराको जानकारी गराँउदै आजको कार्यक्रम समापन भएको घोषणा गरेकि छिन् ।