सोलुखुम्बू, मँसिर – २४
आज सोलुखुम्बु जिल्ला नेचासल्यान गाँउपालिका वडा नं. – ३, स्थित शहिद कुसुम स्मृति प्रतिष्ठानको सभाहलमा नेचासल्यान साहित्यिक सङ्गोष्ठी सिर्जना सँबाद तथा रचना वाचन जस्तो महत्वपुर्ण कार्यक्रम सञ्चालन भएको छ ।
सो कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यमा सञ्चालन भएको थियो भने आज कार्यक्रमको बिशिष्ठ अतिथिमा प्रज्ञा प्रतिष्ठानका सदश्य सचिब धन प्रसाद सुवेदी प्राज्ञ सभा सदश्य चेतनाथ धमला रहेका थिए । आज कार्यक्रम सञ्चालन स्थानिय आख्यान बिधा “हिँउमाझी” उपन्यासका लेखक बियस राईले सञ्चालन गरेका थिए, भने कार्यक्रमका सभापति सहिद कुसुम स्मृति प्रतिष्ठानका अध्यक्ष लोकेन्द्र राउत स्वयँ रहेका थिए ।
आज कार्यक्रममा स्थानिय गाँउपालिकाका विभिन्न सँघ तथा सँगठनका जनप्रतिनिधिहरु विभिन्न कार्यालय तथा शाखा कार्यालयका कर्मचारीहरु विभिन्न बिधालयका शिक्षक शिक्षिकाहरु लगायत गजल/कबिताहरुमा सहभागी बिधार्थिहरु भाइ, बहिनीहरु धेरैको उपस्थिति रहेको थियो । विशेष आज कार्यक्रममा यस गाँउपालिका भित्र साहित्यका बिबिध क्षेत्रहरुमा कलम चलाउने स्रष्ठाहरुलाई सम्मान तथा गाँउपालिका भित्रका मा.बि. स्तरिय खुल्ला गजल/कबिता प्रतियोगिता समेत समाबेस गरिएको थियो ।
आज कार्यक्रममा बक्ताहरुले साहित्य सम्बन्धि आ-आफ्नो धारणा प्रस्तुत गरेका थिए भने कार्यक्रममा सहभागी मा.बि.का बिधार्थिहरुले कुलपति राई सँग आफुमा खट्किएको प्रश्न तथा जिज्ञासा समेत राख्ने अवशर समेत पाएका थिए । बास्तवमा बिज्ञहरुले साहित्यलाई आ-आफ्नो तौर, तरिकाबाट विश्लेषण गर्दै गरे पनि साहित्य एउटा महासागर हो यो जे, जति साहित्य लेखनहरुमा पनि अपुरो र अधुरो नै भएर जान्छ तथापि यस गाँउपालिकाका स्थानिय साहित्यका सर्जकहरुले विभिन्न जात, जाति मौलिक परम्परा तथा साहित्यका हरेक बिधाहरु द्वारा आफ्नो कृतिहरु प्रकाशन गरेर साहित्यमा बिगत देखि नै हुन सम्मको योगदान भने दिँदै आएको पनि छर्लङ्गै छ ।
विशेष आज विभिन्न मा.बि. बाट गजल/कबिताहरुमा प्रथिस्पर्धाका लागि सहभागी बिधार्थी भाईबहिनीहरुले जनहि नगद रु १,०००, प्राप्त गरेका छन भने प्रतियोगितामा बिजेता भाईबहिनी हरुलाई प्रशंसापत्र सहित थप् पुरस्कार समेत बितरण गरिएको थियो ।
