neapl investment mega bank
  • गृहपृष्ठ
  • गाँउपालिकामा साहित्य सम्मान तथा खुल्ला गजल/कविता प्रतियोगितासहित भव्य कार्यक्रम सम्पन्न

गाँउपालिकामा साहित्य सम्मान तथा खुल्ला गजल/कविता प्रतियोगितासहित भव्य कार्यक्रम सम्पन्न

Dec 10th, 2025

काठमाडौं, मंसिर २४

आज आयोजित एक भव्य साहित्यिक कार्यक्रममा स्थानिय गाँउपालिकाका विभिन्न संघ–संगठनका जनप्रतिनिधि, विभिन्न कार्यालय तथा शाखा कार्यालयका कर्मचारी, स्थानीय विद्यालयका शिक्षक–शिक्षिका तथा गजल/कवितामा सहभागी विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको विशेष आकर्षणका रूपमा गाँउपालिका भित्र साहित्यका विभिन्न विधाहरूमा कलम चलाउँदै आएका स्रष्टाहरूलाई सम्मान गरिएको थियो। साथै, गाँउपालिकास्तरिय माध्यमिक (मा.बि.) खुल्ला गजल/कविता प्रतियोगितासमेत सम्पन्न गरिएको थियो।

कार्यक्रममा रहेका वक्ताहरूले साहित्य र यसको महत्त्वसम्बन्धी आफ्ना-आफ्ना धारणा व्यक्त गरेका थिए। त्यस्तै, प्रतियोगितामा सहभागी विद्यार्थीहरूले कुलपति राईसँग आफूमा खट्किएको प्रश्न तथा जिज्ञासा राख्ने अवसर पाएका थिए।

बिज्ञहरूको भनाइमा साहित्य एक विशाल महासागरजस्तै हो—जे जति लेखिए पनि अधुरो नै रहने र निरन्तर सिर्जनाले मात्र यसलाई समृद्ध बनाउँदै लैजाने। यसै क्रममा गाँउपालिकाका स्थानीय सर्जकहरूले विभिन्न जात–जाति, मौलिक परम्परा तथा साहित्यका विविध विधाबाट आफ्ना कृतिहरू प्रकाशित गर्दै पुरानेदेखि नयाँ पुस्तासम्म महत्वपूर्ण योगदान दिँदै आएको कुरा कार्यक्रमले झनै पुष्टि गरेको छ।

प्रतियोगितामा सहभागी सबै विद्यार्थी भाई–बहिनीहरूले जनही नगद रु १,००० प्राप्त गरेका थिए। साथै, उत्कृष्ट प्रदर्शन गर्ने विजेता विद्यार्थीहरूलाई प्रशंसापत्रसहित थप पुरस्कार हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा हिमाल दर्शन मा.बि.का पूर्व शिक्षक बालकुमार भट्टराईद्वारा लेखन तथा वाचन गरिएको “पागल” शीर्षक कविता विशेष रूपमा प्रस्तुत गरिएको थियो ।

कविता: पागल

जहाँ सिद्धान्त, निति र विचार छैन त्यहाँ रासन पागल हुदोरहेछ, नुन पागल हुदोरहेछ, संगत पागल हुदोरहेछ ।

कहिले कहिले बिना मौसम हावा पागल हुदोरहेछ, उसले हुरीको रुप लिदा निर्दोष रुख र घरहरुले

बलिदानी दिनु पर्दोरहेछ ।।

कहिले कहिले पानी बेमौसमी पागल हुदोरहेछ उसले बाढीको रुप लिदा निहत्था सुन्दर बस्ती र फाँटहरुको अवसान हुदोरहेछ ।।।

कहिले कहिले अनयास र

अप्रत्याशित,

मान्छेहरूको भिड पागल

हुदोरहेछ

अराजकता र आतंकको रुप

लिदा

सिंगो मुलुक मरुभूमि बन्दोरहेछ थुप्रै काख र सिँउदो उजाड्दो

रहेछ ।।।।

जहाँ सिद्धान्त, निति र विचार छैन त्यहाँ पागलपनको बढोत्तरी हुदोरहेछ सङ्गितको त के प्रवाह भयो र, मान्छे गितै विना नाच्दो रहेछ ।।।।।