काठमाडौं, मंसिर २४
राष्ट्रिय मुक्ति पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी एकतापक्ष, कोचिला संघर्ष समिति, संघीय लिम्बुवान पार्टी नेपालबीच एकीकरण भएको छ।
झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा पहिचान पक्षधर राजनीतिक पार्टीहरूको एकता घोषणा गरिएको हो। राष्ट्रिय मुक्ति पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी एकतापक्ष, कोचिला संघर्ष समिति, संघीय लिम्बुवान पार्टी नेपालबीच एकीकरण भएर राष्ट्रिय मुक्ति पार्टी नेपाल रहने भएको छ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो , नेपाल जनमुक्ति पार्टी एकतापक्षबाट सञ्जुहाङ पालुङ्वा, कोचिला संघर्ष समितिका संयोजक त्रीनारायण राजवंशी र संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष मित्र लिङ्देनले सहमति पत्रमा हस्ताक्षर गरेका थिए।
एकीकरण भएर बनेको राष्ट्रिय मुक्ति पार्टी नेपालको अध्यक्षमा राजेन्द्र महतो, वरिष्ठ नेता सञ्जुहाङ पालुङ्वा, उपाध्यक्ष त्रीनारायण राजवंशी, मित्र लिङ्देन रहने बताइएको छ।