काठमाडौं, मंसिर २४
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।
नेता भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका हुन्।
नेपाली कांग्रेसको १५ औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा हुँदैछ।