neapl investment mega bank
  • गृहपृष्ठ
  • डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

Dec 10th, 2025

काठमाडौं, मंसिर २४

प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बहुविवाह मुद्दामा नेपाललाई  पक्राउ गरेको  हो । उनी जिल्ला प्रहरी कार्यालय  नवलपरासी पूर्वमा कार्यरत थिए ।

डीएसपी नेपालकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले बताए ।

नेपालमाथि ३ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उनले बताए । बहुविवाहबारे थप प्रमाण बुझ्ने काम भइरहेको उनले बताए ।