neapl investment mega bank
  • गृहपृष्ठ
  • रुपन्देही– ३: कांग्रेसबाट खाणसहित ६जना सिफारिस

रुपन्देही– ३: कांग्रेसबाट खाणसहित ६जना सिफारिस

Dec 10th, 2025

काठमाडौं, मंंसिर २४

नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित ६ जनाको नाम सिफारिस गरेको छ ।

क्षेत्रीय कार्य समितिको मङ्गलबारको बैठकले प्रत्यक्षतर्फ खाणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोविन्दबहादुर खत्रीको नाम सिफारिस गरेको क्षेत्रीय सचिव लेखनाथ भट्टराईले जानकारी दिनुभयो ।

यसैगरी, समानुपातिकतर्फ जन्नतुननिशा धुनिया, पुष्पाथरुनी र माधवी शर्मालाई सिफारिस गरिएको उहाँले बताउनुभयो ।