neapl investment mega bank

तिमी मेरो आत्मा हौ…

Dec 7th, 2025

तिमी मेरो आत्मा हौ हामी एक हौ
हामी सधै एक रहौ
म तिमिलाई माया गर्छु सधै भरी रहने छु
म तिम्रो हृदयलाई आफै सँग बोक्छु

तिम्रो प्रेमले मेरो मन खुसी बनाएको छ
जीवन आफै सँग बोल्न थालेको छ
तिमिले मलाई बरफ जस्तै पगालेकी छौ
तिमी मेरो प्रिय मेरो भबिस्य हौ

अब लाग्छ मलाई वास्तविक जीवन सुरु भएको छ
उनको हृदय भित्र प्रेम छ
तिमी मेरो बिहानीको घाम हौ
तिमी मेरो आकाशको तारा हौ

तिमी सधै मेरो छेउमा उभिन्छौ
तिमिले मेरो जीवनलाई रंगहरुले उज्यालो बनायौ
प्रेम के हो सबै कुरा सिकायौ
निस्सर्त प्रेम सधै रहिरहोस प्राथना गर्दछौ

लेखक: गोबिन्द राज ओझा (राजन)