neapl investment mega bank
  • गृहपृष्ठ
  • एभरेस्ट उपत्यकाव्यापी नवौं बास्केटबल प्रतियोगिता व्यासीमा सुरु

एभरेस्ट उपत्यकाव्यापी नवौं बास्केटबल प्रतियोगिता व्यासीमा सुरु

Dec 5th, 2025

काठमाडौं, मंसिर १९

फ्रेण्डसिप फस्ट, कम्युटिशन सेकेण्ड (मित्रता पहिलो, प्रतिस्पर्धा दोश्रो) भन्ने मुल उदेश्यका साथ एभरेस्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा बिहीबारदेखि नवौं एभरेस्ट उपत्यकाव्यापी बास्केटबल प्रतियोगिता सुरु भएको छ ।

सके जितिन्छ, नभए सिकिन्छ भन्ने उदघोषका साथ सुरु भएको प्रतियोगिताको उदघाटन स्कुल रहेको भक्तपुर नगरपालिका वडा नं २ व्यासीका वडा अध्यक्ष हरिप्रसाद बासुकलाले एक समारोहवीच गरे । प्रतियोगिताका मुल प्रशिक्षकलाई प्रमुख अतिथिबाट बास्केटबल हस्तान्तरण गरी प्रतियोगिताको उदघाटन गरिएको थियो ।

प्रतियोगिता छात्र र छात्रा गरी दुई समूहमा हुनेछ । प्रतियोगितामा २७ वटा स्कुलहरुबाट ४४ वटा टिमहरु सहभागी रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा कुल ५२८ जना विद्यार्थी सहभागी हुनेछन् । प्रतियोगिता चार क्याटागोरिजमा हुने जनाइएको छ ।

प्रतियोगिताको उदघाटन समारोहमा आयोजक स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले मित्रता पहिलो, प्रतिस्पर्धा दोश्रो भन्ने मुल नाराका साथ २०७२ सालदेखि प्रत्येक वर्ष प्रतियोगिता गर्दै आएको जानकारी गराए । तर कोरोनाका कारण दुई वर्ष ग्याप भएको उनले जनाए ।

स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले खेलकुद क्षेत्रलाई अगाडि वढाउन केही सहयोग होस् भन्ने उद्देश्यका साथ प्रतियोगिता गर्दै आएको जानकारी गराए । प्रतियोगिता मंसिर २४ गतेसम्म चल्ने जनाइएको छ ।