neapl investment mega bank

किराँतीहरुको महान पर्व उधौली पर्व

Dec 4th, 2025

सोलुखुम्बू मँसिर – १८,

आज सोलुखुम्बू जिल्ला नेचासल्यान गाँउपालिका वडा नं. – २,स्थित देउपुजेमा स्थानिय किराँत राई सामुदायका मानिसहरु भेला भई ढोल झ्याम्टाको साथमा “उधौली पर्व” हर्षोल्लासका साथ नाचेर मनाएका छन । नेपालको पुर्बी पहाडि क्षेत्रलाई नै सँस्कृतीको प्रतीक मानिने किराँत सामुदायका मानिसहरु प्रकृति र मानिस बिचको सन्तुलनलाई परा-पुर्बकाल देखि नै बिश्वास गर्ने गर्दछन ।

आदिमकाल देखि नै वायुआकाश शुर्य* भुमि* पर्बत खोलानाला र बन जङ्गल तथा हावा हुरि आदि सबै बस्तुहरुमा शक्ति हुन्छ भन्ने कुरामा बिश्वास लिएका यी प्रकृति पुजक किराँती सामुदायका मानिसहरु कतिपय आफ्नो कर्मकाण्डहरुमा नदि खोला, नाला र पर्बतहरुलाई साक्षी राखेर देबी देवताहरुलाई पुज्ने प्रचलन आज सम्म पनि कायमै छ, भने उधौली, उभौली पर्ब मनाउनुको प्रमुख बिशेषता भनेको मानिस र प्रकृति बिचको सन्तुलन निरन्तर कायमै राख्नु पनि हो ।

त्यसैले त् उधौली पर्बमा पितृहरुको सम्मान गर्दै., प्रकृतीलाई कृतज्ञता सहित नयाँ अन्न चढाएर तीन मुल चुलोहरुलाई पितृको प्रतीक समेत मान्ने गर्दछन । आदिमकाल देखि नै किराँती सामुदायको मुख्य पेशा कृषिमा आधारित भएकोले बैशाखे पुर्णिमालाई उभौलि पर्व मान्दै मँसिर पुर्णिमा देखि उधौलि पर्ब शुरु हुने भएकोले यो पर्बको अनुष्ठान विधि पनि कृषि सँग नै सम्बन्धित रहेको समेत छ ।

विशेष किराँत सामुदायको बसोबास र थाक, थलो अनुशार यो पर्बलाई विभिन्न नामहरुले पुकार्ने गर्दछन, जस्तै कतिपय किराँत सामुदायले यसलाई साकेला पनि भन्ने गर्छन भने लिम्बू सामुदायले यसलाई चासोकपाङनाम भन्दै आएका छन । तर आज यस भेगका थुलुङ्ग सामा किराँती सामुदायले यो नृत्यलाई तोशी भन्ने गरेको बताईएको छ ।

बास्तवमा प्राचीन ईतिहाँसलाई नियाल्ने हो भने किराँती राजाहरुले काठमाण्डौमा हजार बर्ष भन्दा बढि नेपालमा राज्य गरेको पाईन्छ., तथापि लिच्छबिहरुको आगमन सँगै किराँतीहरु आफ्नै भु-भागमा गई बसोबास गर्न थाले पछि अन्त्यमा यिनै किराँती सामुदायले आफ्नो पृथक सामाजिक पध्दतिलाई आज सम्म पनि निरन्तरता दिईरहेका छन र यिनै परम्परागत रितिरिवाज तथा सँस्कारहरु आज सम्म पनि पहिचान सहित कायमै रहि रहेको छ ।