neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुरमा कला तथा सांस्कृतिक महोत्सव आयोजना गरिने

ललितपुरमा कला तथा सांस्कृतिक महोत्सव आयोजना गरिने

Dec 2nd, 2025

काठमाडौं, मसिर १६

नेपाल हस्तकला महासङ्घले बुधबारदेखि ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा कला तथा सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ । 

मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महासङ्घले हस्तकलाका सामग्रीको प्रचारप्रसार एवं प्रवर्द्धन गर्ने उद्देश्यले मंसिर १७ गते बुधबारदेखि २१ गतेसम्म महोत्सवको आयोजना गरिएको जनाएको हो ।

महोत्सवमा हस्तकलाका सामग्री, नेपालका ६० र दक्षिण कोरियाका ४० मुखौटा, बुद्ध धर्मअनुसार दश कर्ममा प्रयोग हुने गरगहना, जातीय पोसाक लगायतको प्रदर्शनी रहने महासङ्घका अध्यक्ष रविन्द्र शाक्यले जानकारी दिए । उनले हाल देशको परिवर्तनशील अवस्थामा हस्तकला क्षेत्रलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको बताए ।