सोलुखुम्बू मँसिर – १२,
सोलुखुम्बू जिल्ला नेचासल्यान गाँउपालिकामा श्रम सँस्कृति पार्टीका समर्थकहरु श्रम दान गर्दै सकृयता देखाउन शुरु गरेका छन । भर्खर मात्र जिल्लाको पदाधिकारीहरु चयन गरेका सो सँगठन जिल्लाको नेतृत्व भने नेचासल्यान गाँउपालिका वडा नं. २, का बियस राईले लिएका छन । बास्तवमा राज्यको विभिन्न बिचारहरु बोकेको सँगठनहरु मध्ये यो एक मात्र त्यस्तो नौलो र नयाँ सँगठन हो जसले कसैको आषामा होईन आफ्नै बिबेक र पसिनाले श्रम गरे नेपाल आमाको खिन्न मुहारलाई सौन्दर्य दिन सक्छ, भन्ने बिश्वास र अडान लिएको देख्न सकिन्छ ।
त्यसैले त् यो सँगठनले आफ्नो सँगठनको नामाकरण पनि अरु भन्दा भिन्नै श्रम सँस्कृति राखेको हुन सक्ने जो कोहीले सहजै अनुमान लगाउन सकिन्छ । विशेष आम नेपालीहरुले श्रम नगरे देश बन्दैन भन्ने मुल नारालाई आत्मासाथ गर्दै आज (श्रमिक) समर्थकहरु अत्यन्तै बिकट र अप्ठ्यारो सडकमा भेला भई एकजुट भएर खुसि साथ काम गरेको प्रत्यक्ष देख्न सकिन्छ ।
बास्तवमा जो कोहीले जे भने पनि र जे सोचे पनि आज सो सँगठनका समर्थकहरुले यो स्थानमा गरेको काम सामाजिक र सम्मानजनक नै छ । किनभने आज सो सडकमा काम उनिहरुले गरे पनि सुबिधा र सहज उनिहरुको मात्र नभई हामी सबैको साझा सहज बन्नेछ । बिना मेशिन साधाहरण घरेलु औजार जस्तै., साबेल र कोदालोको भरमा समर्थकहरुले गरेको काम पूरा भए आगामि दिनहरुमा जो, कोहीको सवारी साधनहरुलाई आवत जावत गर्न धेरै सहज हुने निर्बिबाद देखिन्छ ।
बास्तवमा सो सँगठनका समर्थकहरुको यति छोटो समयमा सँगठनका समर्थक हरुको सँख्या हेर्दा दिनानुदिन क्रमश बृध्दि भएरै जाने अधिक सम्भावना समेत प्रत्यक्ष देखिन्छ । हुनत राज्यका विभिन्न धेरै सँगठनहरु हिजो देखि आज सम्म सामान्य नै देखिन्छ, तथापि यो सँगठनको कामले निरन्तर सकृयता पायो भने नयाँ पुस्ताको आकर्षणले भोलीको दिनमा भने यो धेरै उत्तम रहने समेत देखिन्छ ।
हुनपनि नाना, माना र छानाले पिडित घनिभुत जनसँख्या रहेको हाम्रो समाजमा प्राय सबैको चेतनामा धेर, थोर तँवालो त् लागेकै छ तथापि नवीन चेतना तथा योजनामा तेजाब छर्कने मौशमि सचेतक र भुँईफुट्टा सचेतकहरुको चुनौती स्विकार्दै भोलीको स्वस्थ्य र सभ्य समाज बिस्तारको बिचारले नाना, माना र छानालाई यो नेटवर्कले उपयुक्त डेलिभरि दिन सक्ला वा नसक्ला यो बिषय भने मौन नै छ ।