neapl investment mega bank
  • गृहपृष्ठ
  • जंगी अड्डामा प्रधानमन्त्रीको निर्देशन : आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन

जंगी अड्डामा प्रधानमन्त्रीको निर्देशन : आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन

Nov 28th, 2025

काठमाडौं, मंसिर १२

प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरेकी छन्।

रक्षामन्त्रीको जिम्मेवारी पनि सम्हालिरहेकी उनले उक्त भ्रमणका क्रममा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सेनाले गरेको सुरक्षा तयारीबारे जानकारी लिएकी छन्।

भ्रमणका क्रममा सेनाले अहिलेको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी रणनीतिबारे विस्तृत ब्रिफिङ प्रस्तुत गरेको छ ।

नेपाली सेनाको जंगी अड्डामा पुगेकी उनले निर्वाचन सुरक्षासम्बन्धी तयारीबारे अवगत हुँदै ‘आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन, एक जना पनि घाइते हुनु हुँदैन’ भन्ने आफ्नो अडान पुनः दोहोर्याइन्।