neapl investment mega bank

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी?

Nov 28th, 2025

काठमाडौं, मंसिर १२

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २२ सयले बढेर तोलाको २ लाख ५० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।

यसअघि विहिबार सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले बढेर  ३ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि विहिबार चाँदी तोलाको ३२८० मा कारोबार भएको थियो ।