neapl investment mega bank
  • गृहपृष्ठ
  • दरबार हाई स्कुलमा आकस्मिक सामुदायिक रेस्पोन्स टुलकिट एपको उद्घाटन

दरबार हाई स्कुलमा आकस्मिक सामुदायिक रेस्पोन्स टुलकिट एपको उद्घाटन

Nov 20th, 2025

काठमाडौं, मंसिर ४

हाप्सा नेपाल नामक संस्थाले दरबार हाई स्कुल काठमाडौंमा आकस्मिक सामुदायिक रेस्पोन्स टुलकिट एपको उद्घाटन गरेको छ। 

नेपालका विद्यालयहरु र समुदायमा आपतकालीन तयारी सुदृढ गर्ने उद्देश्य सहित उक्त टुलकिटको मोबाइल एपको उद्घाटन गरिएको हाप्साले जनाएको छ। हाप्साले दरबार हाई स्कुलका ५० जना शिक्षक तथा विद्यार्थीहरुलाई सिपिआर र चोकिंग प्राथमिक उपचारको तालिम समेत दिएको छ। 

सडक साथी नामक संस्थाको प्राविधिक सहयोगमा विकासित टुलकिट एपले नेपाली भाषामा आपतकालीन र चोटपटकको हेरचाहका सरल, व्यावहारिक भिडियोहरु प्रदान गर्नेछ। उक्त एपमा घाँटीमा कुनै वस्तु अड्किएर निसासिदाको प्राथमिक उपचार (चोकिंग), रक्तश्राव नियन्त्रण, जलन, फ्याक्चर समायोजन, मुटुको चाल रोकिएको अवस्था तथा अन्य आपतकालीन अवस्थाहरुमा कसरी मद्दत गर्न सकिन्छ भन्ने विषय समेटिएको छ।

हाप्साका सिपिआ कार्यक्रमका कार्यकारी प्रमुख तथा आपतकालीन चिकित्सक डा कमल थापाले कार्डियाक एरेस्ट वा चोकिंग भएको बेला छिटोभन्दा छिटो गरिने उचित रेस्पोन्स जीवन रक्षक हुन सक्ने बताए।