ललितपुर, मंसिर २
ज्येष्ठ नागरिक चौतारी, ठेचोले ३५ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस तथा छैटौ वार्षिक साधारण सभा मनाएको छ। सो अवसरमा वरिष्ठ नागरिक अभिनन्दन तथा ‘दर्पण ज्येष्ठ नागरिक स्वास्थ्य विशेषाङ्क’ पुस्तकको विमोचन पनि गरिएको थियो।
संस्थाका संरक्षक तथा संस्थापक अध्यक्ष डा. बालकृष्ण थापा मगरले कार्यक्रमबारे जानकारी दिँदै ज्येष्ठ नागरिकको गुणस्तरीय जीवनका विषयमा महत्वपूर्ण धारणा प्रस्तुत गर्नुभयो। उहाँका अनुसार “उपचारभन्दा रोकथाम राम्रो” भन्ने नारासहित लोकप्रिय महाअभियान शुभारम्भ पनि यही समारोहबाट गरिएको हो।
नेपालमा विशेषगरी ज्येष्ठ नागरिकलगायत समाजका सबै नागरिकलाई स्वस्थ राख्दै समाजमा टेवा पुर्याउने उद्देश्यले पाँच वर्षअघि यस संस्थाको स्थापना गरिएको हो। गुणस्तरीय जीवन, खोज तथा अनुसन्धानका विषयमा केन्द्रित रहेर संस्थाले निरन्तर रुपमा कार्यक्रम सञ्चालन गर्दै आएको छ।