neapl investment mega bank

भाटभटेनी उत्कृष्ट करदाता घोषित

Nov 17th, 2025

काठमाडौं, मंसिर १

आर्थिक वर्ष २०८१/८२ मा वस्तु व्यापारतर्फ सबैभन्दा बढी कर तिर्ने व्यवसायिक फर्मको रूपमा भाटभटेनी सुपर मार्केट तथा डिपार्टमेन्ट स्टोर प्रालि पहिलो भएको छ ।

सोमबार राजधानीमा आयोजित १३औँ राष्ट्रिय कर दिवस कार्यक्रममा कम्पनीका अध्यक्ष मीनबहादुर गुरुङलाई सरकारले उत्कृष्ट करदाता सम्मान प्रदान गरेको हो ।

कार्यक्रममा बोल्दै गुरुङले जेन–जी आन्दोलनका बेला आफ्ना विभिन्न शाखामा भएको आगजनी र लुटपाटको पीडा सुनाए ।