neapl investment mega bank
  • गृहपृष्ठ
  • तीन वर्षीय बालक फैजान खानको जीवन बचाउन उनको परिवारले गरे अपिल

तीन वर्षीय बालक फैजान खानको जीवन बचाउन उनको परिवारले गरे अपिल

Nov 16th, 2025

काठमाडौं, कार्तिक ३०


पाल्पा जिल्लाको रामपुर नगरपालिका–४ निवासी असरफ मियाँ र आसिया खातुनका तीन वर्षका छोरा फैजान खान दुर्लभ गौचर रोग (Gaucher Disease) बाट पीडित छन्। हाल उनको उपचार भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान, नयाँ दिल्लीमा भइरहेको छ। चिकित्सकहरूले उनको बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने बताएका छन्, जुन अत्यन्तै जटिल र महँगो प्रक्रिया हो। नेपालमा यस्तो उपचार सुविधा उपलब्ध नभएकाले भारतमा उपचार गर्नुपरेको हो।

डाक्टरहरूका अनुसार बोन म्यारो ट्रान्सप्लान्टका लागि फैजानकी ११ वर्षीया दिदीको रगत उपयुक्त देखिएको छ, जसले सफल प्रत्यारोपणको सम्भावना बढाएको छ। असरफ मियाँ हाल कतारमा मजदुरी गरेर परिवार पाल्दै आएका छन्। करिब पाँच पटक भारतको दिल्लीमा परीक्षण गराएपछि डाक्टरहरूको सल्लाहअनुसार प्रत्यारोपणको तयारी भइरहेको बिरामीकी आमा आसिया खातुनले जानकारी दिएकी छन्। तर परिवारको सीमित आम्दानीले उपचार खर्च धान्न असम्भव भएको छ। खातुनका अनुसार, परिवारले सकेसम्म प्रयास गरे पनि आवश्यक रकम जुटाउन नसक्ने अवस्था आएको छ। उपचारका लागि ठूलो रकम आवश्यक रहेको हुंदा उनले सहयोगका लागि अनुरोध गरेकी छिन् ।

मानवताको आधारमा बालक फैजानको जीवन बचाउन सक्दो सहयोग गर्न उनको परिवारके हार्दिक अपिल गरेका छन्।

सहयोगका लागि सम्पर्क:
आसिया खातुन
फोन नम्बर  ९७०२७३९६९८/+९१ ८४४८४६७५९३