neapl investment mega bank
  • गृहपृष्ठ
  • सानिमा बैंकको सीईओमा पवन कुमार आचार्य नियुक्त

सानिमा बैंकको सीईओमा पवन कुमार आचार्य नियुक्त

Nov 11th, 2025

काठमाडौं, कार्तिक २४

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा पवन कुमार आचार्य नियुक्त भएका छन् । हालका प्रमुख कार्यकारी अधिकृत निश्चल पाण्डेको कार्यकाल सकिएपछि बैंकले आचार्यलाई सीईओ बनाउने भएको हो ।

रिस्क म्यानेजमेन्ट र कर्जामा दख्खल राख्ने आचार्य सानिमा बैंक स्थापनादेखि नै बैंकमा आवद्ध थिए । राष्ट्र बैंकबाट सानिमा बैंकको लाइसेन्स लिने भूमिका समेत आचार्यले निभाएका थिए । बैंक स्थापनाभन्दा पहिलेदेखि नै उक्त समूहमा जोडिएका आचार्यले एमबीए गरेका छन् ।

उनी एसएलसीमा नेपालभरबाट तेस्रो स्थानमा उत्तीर्ण ट्यालेन्ट रहेका बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत भुवन दहाल बताउँछन् । आचार्यले एमबीएका साथै इन्जिनियरिङ पनि गरेका छन् ।