neapl investment mega bank
  • गृहपृष्ठ
  • मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध तीव्र प्रतिक्रिया, संविधान विपरीत भएको आरोप

मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध तीव्र प्रतिक्रिया, संविधान विपरीत भएको आरोप

Nov 10th, 2025

जनकपुरधाम, मधेश / कार्तिक २४

मधेश प्रदेशका प्रमुखले लोकतान्त्रिक विधि र संवैधानिक प्रक्रियालाई लत्याउँदै एमाले प्रदेशसभा सदस्य सरोज यादवलाई मुख्यमन्त्रीको रूपमा नियुक्त गरी सपथ गराएको घटनाले तीव्र राजनीतिक प्रतिक्रिया उत्पन्न गरेको छ।

विभिन्न राजनीतिक दल तथा नागरिक समूहहरूले यो कदमलाई संविधान विपरीत र संघीयतालाई समाप्त पार्ने षड्यन्त्रपूर्ण कार्य भन्दै घोर विरोध जनाएका छन्। उनीहरूका अनुसार, प्रदेश प्रमुखले दुईवटा गम्भीर गल्ती गरेका छन् —
पहिलो, संविधानको धारा १६८९२० अन्तर्गत सरकार गठनको सम्भावना रहँदा रहँदै धारा १६८९३० को प्रयोग गर्नु,
र दोस्रो, पदीय मर्यादाको उल्लंघन गर्दै ‘कटेजमा गएर’ गोप्य रूपमा सपथ ग्रहण गराउने गैरसंवैधानिक शैली अपनाउनु।

विरोधकर्ताहरूले यस्तो कदमलाई “नालायकीपूर्ण र लोकतान्त्रिक परम्पराको अपमान” भनेका छन् र प्रदेश प्रमुखलाई तत्काल पदबाट वर्खास्त गर्न नेपाल सरकारसँग माग गरेका छन्।

उनहरूले सबै राजनीतिक दल र सरोकारवाला पक्षलाई संविधानिक तथा संसदीय विधि अनुसार समस्याको समाधान खोज्न पनि आग्रह गरेका छन्।

वक्तव्यमा भनिएको छ, “संघीयतालाई समाप्त पार्ने षड्यन्त्रका रूपमा एमाले पार्टीको ग्राण्ड डिजाइन अन्तर्गत मधेश प्रदेशमा अस्थिरता सिर्जना गर्ने योजना स्पष्ट भइसकेको छ। त्यसैले सबै प्रदेशवासी जनतालाई संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा एकजुट भई विरोधमा उभिन आह्वान गर्दछौं ।