neapl investment mega bank

कविता: मातृभुमी

Nov 10th, 2025

मातृभुमिको रक्षाको लागि सयौ जीवन त्याग्न तयार छु
मृत्युलाई अंगालो हाल्छु शत्रु सँग लडने छु
मेरो जिवनको अन्त सम्म देशको रक्षा गर्ने छु
मातृभुमी तिम्रो चरणमा जीवनका क्षणहरु अर्पण गर्ने छु

म मातृभुमिमा घुमिरहने छु
मेरो देशको सिमा रेखा रक्षा गर्न खोजेको छु
लाग्छ ती पहाड र उपत्यकामा उभिरहु
जहाँ गए पनि मेरो प्रेम राखिरहु

म मेरो मातृभुमिको यात्रा गर्न चाहन्छु
म मातृभुमिको उज्यालो खाएर हुर्केको हु
हे मेरो रगतको देश
मेरो पुर्खाहरुको देश

अग्ला पहाडहरु,सुन्दर झरनाहरु
रमणिय दृश्य सधै हेरिरहु
सक्छु हाम्रो भुमिको सेवा गर्न मन लगाउन
पुर्खाहरुको काम र बलिदानको इतिहास लेख्न

हाम्रो झण्डा शान्ति र एकताको प्रतीक हुनेछ
हामीले देश सेवाको भावनामा मनमा लिनु छ

मातृभुमिको रक्षाको लागि सयौ जीवन त्याग्न तयार छु
मृत्युलाई अंगालो हाल्छु शत्रु सँग लडने छु
मेरो जिवनको अन्त सम्म देशको रक्षा गर्ने छु
मातृभुमी तिम्रो चरणमा जीवनका क्षणहरु अर्पण गर्ने छु

लेखक: गोबिन्द राज ओझा (राजन)