neapl investment mega bank

डा. निकोलस भुसाल पक्राउ

Nov 4th, 2025

काठमाडौं, कार्तिक १८

पछिल्लो समय प्रधानमन्त्री सुशीला कार्की, काठमाडौंका मेयर बालेन्द्र साह र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहितविरुद्ध विवादित अभिव्यक्ति दिइरहेका डा. निकोलश भुसाल गोरखाबाट समातिएका छन् ।

उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट पक्राउ गरेको हो। भुसालले सामाजिक सञ्जालमा अराजक अभिव्यक्ति दिएर हिंसा भड्काउन खोजेको भन्दै प्रहरीले निगरानीमा राखेको थियो ।

भुसालले केही दिनअघि काठमाडौंमा भदौ २४ गते सत्ताबाट बाहिरिएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध अराजक अभिव्यक्ति दिँदै घर जलाउने धम्की दिएका थिए ।