neapl investment mega bank

सुनको मूल्य लगातार घट्दै

Oct 28th, 2025

काठमाडौं, कार्तिक ११

नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो ।

यससँगै मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि ६० रुपैयाँले घटेको छ । यससँगै सोमबार प्रतितोला २ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २ हजार ९ सय २० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।