९ कात्तिक, ललितपुर
हनुमन्ते खोला किनारमा तीन राउण्ड गोली लोड भएको पेस्तोल भेटिएको छ ।
ललितपुरको टिकाथली राधाकृष्ण खानेपानी ट्यांकी नजिकै हनुमन्ते खोला किनारमा पेस्तोल फेला परेको हो ।
गोप्य सूचनाका आधारमा प्रहरी वृत्त सातदोबाटो र प्रहरी चौकी टिकाथलीबाट खटिएको टोलीले उक्त पेस्तोल बरामद गरेको हो ।