काठमाडौं, असाेज ३१
आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेड र प्रभु बैंक लिमिटेड बीच आरम्भ चौतारी लघुवित्त वित्तिया सस्था लिमिटेडका कार्यरत कर्मचारीहरुलाई सुविधा सम्पन्न वैकिङ्ग सेवा उपलब्ध गराउने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ ।
आरम्भ चौतारी लघुवित्त वित्तिया सस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकत श्री शिव प्रसाद ज्ञवाली र प्रभु बैंक लिमिटेडका तर्फबाट Central Business Centre का प्रमुख श्री लेख बहादुर पुन ले उत्त सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ । यो सम्झौता पश्चात आरम्भ चौतारी लघुवित्त वित्तिया संस्था लिमिटेड मा कार्यरत कर्मचारीहरुले उत्कृष्ट बैकिङ्ग सेवा प्रयोग गर्नु हुनेछ भन्ने विश्वास प्रभु बैंकलाई रहेको छ ।
त्यसैगरी ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा “बैंक अफ द इयर २०२३, प्रभु बैंक फिनाकल ईन्फोसिस इनोभेसन गोल्ड-२०२४ अवार्डको साथै हालसालै युरो मनी अवार्ड- नेपाल बेस्ट डिजिटल बैंक फर एसएमईको २०२५ अवार्डको रुपमा सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘विश्वास लिन्छौ, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एव वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पधी रुपमा अगाडि बढिरहेको छ ।