neapl investment mega bank
  • गृहपृष्ठ
  • ह्याप्पी माइन्ड्स’की संस्थापक श्रीया गिरी लन्डनमा सम्मानित

ह्याप्पी माइन्ड्स’की संस्थापक श्रीया गिरी लन्डनमा सम्मानित

Oct 15th, 2025

लन्डन – नेपालमा मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत  ‘ह्याप्पी माइन्ड्स’ की संस्थापक श्रीया गिरी लन्डनमा आयोजित एक समारोहमा ‘वुमन अफ द फ्युचर : ५० राइजिङ स्टार्स’ मध्ये एकका रूपमा सम्मानित भएकी छिन्।

फाइनान्सियल टाइम्स मुख्यालयमा सोमबार आयोजित समारोहमा श्रीया समेत संसारभरिबाट छानिएका ३५ वर्ष मुनिका ५० जना महिलाको नाम घोषणा गरिएको थियो।  

“मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत एक नेपाली स्टार्टअप संस्थाको संस्थापकका रूपमा यो सम्मानले मलाई निकै प्रोत्साहित गरेको छ ,” श्रीयाले भनिन्। “यसले विशेष गरी हाम्रो देशले मानसिक स्वास्थ्य संकट व्यहोरीरहेको समयमा उज्यालो, माया र साहस ल्याइरहेका युवा नेपालीहरूको सामूहिक भावनालाई प्रतिबिम्बित गर्छ ।”

 ह्याप्पी माइन्ड्सले मानसिक स्वास्थ्यबारे जनचेतना अभिवृद्धि गर्न, मानसिक स्वास्थ्य सेवामा लगानी परिचालन गर्न, र सहयोगी सामुदायिक स्थानहरू सिर्जना गर्न विभिन्न संस्थाहरूसँग सहकार्य गर्दै आएको छ ।

‘वुमन अफ द फ्युचर : ५० राइजिङ स्टार्स इन ईएसजी’ अभियानलाई बेलायतका प्रमुख कम्पनीहरु, टेस्को, रीड स्मिथ एलएलपी र फाइनान्सियल टाइम्सले सहयोग गरेका छन्।  यो अभियानले  वातावरण, दिगोपन र सुशासनको क्षेत्रमा अर्थपूर्ण परिवर्तन ल्याइरहेका विश्वभरका ३५ वर्ष मुनिका युवा महिलाहरूलाई सम्मानित गर्दछ  ।

 गत वर्ष  फोर्ब्स एशियाले मानसिक स्वास्थ्य वकालत र युवाप्रेरणाको क्षेत्रमा श्रीयाको योगदानको कदर गर्दै उनलाई ‘३० अन्डर ३० – सोसल इम्प्याक्ट’ सूचिमा सूचीकृत गरेको थियो, ।

 ह्याप्पी माइन्ड्स (www.happyminds.health) ले जेन जी  आन्दोलनको क्रममा भएका हिंसात्मक घटनापछि खास गरी युवा, महिला तथा गर्भवतीहरुमा मानसिक स्वास्थ्य समस्या देखिएको बताउंदै उनीहरुका लागि  निःशुल्क मानसिक स्वास्थ्य परामर्श सेवा सुरु गरेको श्रीयाले  बताइन्।