काठमाडौं, असाेज २८
आज सेयर बजार नेप्से परिसूचक १९.४३ अंकले घटेर २५२८.१६ को विन्दुमा कायम भएको छ ।
नेप्सेमा यसदिन ३१७ कम्पनीको ७४ लाख ८८ हजार २७३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३६ करोड माथिको सेयर कारोबार भएको छ । आज कारोबार भएकामध्ये ३३ कम्पनीको सेयर मूल्य बढ्दा २१४ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज शुभम पावर र ग्रामिण विकास लघुवित्तका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् ।
आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ३२ करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा हिमालयन रिइन्स्योरेन्सको १६ करोड ९ लाख रुपैयाँ र तेस्रोमा सीएचडिसीको १२ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
समाज लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।