neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको दशौं वार्षिक साधारणसभा सम्पन्न

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको दशौं वार्षिक साधारणसभा सम्पन्न

Oct 13th, 2025

काठमाडौं, असाेज २७

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका शेयरधनीको दशों वार्षिक साधारणसभा मिति २०८२ आश्विन २७ गते (तद्‌नुसार १३ अक्टोबर २०२५) नेपाल एसबिवाई बैंक लिमिटेडको प्रधान कार्यालय, कमलादी, काठमाडौंमा सम्पन्न भयो। उक्त सभाले कम्पनीको आ.व २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८२ को वासलात, आव २०८१/८२ को नाफानोक्सान हिसाब लगायत वार्षिक वार्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गयी ।

सभाले कम्पनीका शेयरधनीलाई चुक्ता पूँजीमा २५ प्रतिशतका दरले रु ५,००,००,०००/- (अक्षरेपी पाँच करोड रुपैया मात्र) बराबरको नगद लाभांश (नगद लाभांशमा लाग्ने कर सहिता वितरण गर्ने प्रस्ताव समेत पारित गर्यो ।

उक्त साधारणसभाले बा.व. २०८२/८३ को कम्पनीको लेखापरीक्षण गर्नका लागि मेशसं ए.पि. एण्ड एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ती गरी निजको पारिश्रमिक समेत निर्धारण गरेको छ ।