काठमाडौं, असाेज २७
पूर्वी पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका जिल्लाहरूमा रहेका विभिन्न सञ्चार माध्यमहरूमा आबद्ध २३ (तेइस) जना सञ्चारकर्मीहरूको सहभागितामा “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज मिति २०८२ आश्विन २७ गते श्री पूर्वी पृतना हे.क्वा, इटहरीमा सुरु भएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै पूर्वी पृतनाका पृतनापति उपरथी श्री गौरव कुमार के.सी.ले सहभागी सञ्चारकर्मीहरूलाई स्वागत गर्नुका साथै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भयो ।
चार दिनसम्म सञ्चालन हुने अभिमुखीकरण कार्यक्रममा नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, जिम्मेवारी तथा भूमिका एवं मुख्य गतिविधिहरूको बारेमा जानकारीमूलक प्रस्तुतीकरणका साथै विपद प्रतिकार्य एवं समसामयिक विषयहरूमा अन्तरक्रिया समेत सञ्चालन गरिनेछ ।