neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रकोपमा पानीजन्य रोगहरूबाट सुरक्षित रहन विज्ञको आग्रह

प्रकोपमा पानीजन्य रोगहरूबाट सुरक्षित रहन विज्ञको आग्रह

Oct 6th, 2025

काठमाडौं, असाेज २०

अविरल वर्षाका कारण हाल देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानले जनधनको व्यापक क्षति पुर्‍याएको छ । वर्षापछिको प्रकोपबाट प्रभावित मानिसको दैनिक जीवनयापन अस्तव्यस्त हुन पुगेको छ । प्रकोपका समयमा पानीजन्य रोगहरू फैलिने सक्ने भएकाले सावधानी अपनाउन विज्ञहरूले आम सर्वसाधरणसँग आग्रह गरेका छन् ।

विशेषज्ञहरूका अनुसार, वर्षायाममा सुरक्षित खानेपानी र सरसफाइका उपाय नअपनाउँदा पानीजन्य रोगको जोखिम बढी रहन्छ । विशेषगरी झाडापखाला, हैजा, आउँ, निमोनिया, रुघा–खोकी,  टाइफाइड तथा अन्य सङ्क्रमणजन्य रोगका कारण जनधनको क्षति हुनसक्छ । यी रोगहरूबाट बच्न पानी उमालेर वा ‘क्लोरिन’ प्रयोग गरी शुद्धीकरण गरेर मात्र प्रयोग गर्नुपर्ने विज्ञको सुझाव छ ।