neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल हार्टनेट र नेपाल मेडिसिटीद्वारा विश्व हृदय दिवस-२०२५ भव्य रूपमा सम्पन्न

नेपाल हार्टनेट र नेपाल मेडिसिटीद्वारा विश्व हृदय दिवस-२०२५ भव्य रूपमा सम्पन्न

Sep 28th, 2025

ललितपुर, १२ आश्विन

नेपाल मेडिसिटी अस्पताल र नेपाल हार्ट नेटको संयुक्त सहकार्यमा विश्व मुटु दिवस-२०२५ विशेष कार्यक्रमसहित मनाइएको छ । कार्यक्रममा मुटु रोगका कारण बढ्‌दो मृत्युदर, रोकथामका उपाय र नेपालमा आवश्यक नीतिगत सुधारबारे विशेषज्ञहरूले महत्वपूर्ण तथ्याङ्ग प्रस्तुत गरेका थिए ।

नेपाल हार्ट नेट मुटु स्वास्थ्य क्षेत्रमा काम गर्ने १९ वटा चित्किसक तथा संस्थाहरुको संयुक्त सस्था हो ।

मुटु दिवसकै अवसरमा नेपाल हार्टनेटले कार्डियाक सोसाइटी अफ नेपाललाई देशमा मुटु स्वास्थ्य क्षेत्रमा पुऱ्याएको उल्लेखनीय योगदानको सम्मानस्वरूप अवार्ड पनि प्रदान गरेको हो । यो अवार्ड हरेक वर्ष मुटु दिवसकै दिन १९ वटा संस्थाहरु मध्य उत्कृष्ठ काम गरेका संस्थालाई प्रदान गरिन्छ ।

कार्डियाक सोसाइटी अफ नेपालले मुटु रोग उपचारका लागि मार्गनिर्देशन, तालिम, फेलोशिप र राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरमा वैज्ञानिक अनुसन्धान प्रवर्द्धन गर्दै आएको छ ।

कार्यक्रममा वरिष्ठ कार्डियोलोजिस्ट प्रा डा प्रकाशराज रेग्मीले विश्वभरि हरेक वर्ष २ करोड ५ लाख मानिसको मृत्यु मुटु रोगका कारण हुने बताए । उनका अनुसार दैनिक ५५ हजार मानिस यसै रोगले ज्यान गुमाउँछन्, जसमा ८० प्रतिशतभन्दा बढी मृत्यु निम्न तथा मध्यम आय भएका मनकमा हुन्छ ।

“नेपालमा मात्र बार्षिक ३० हजार मानिसको मृत्यु मुटु रोगका कारण हुने र एकतिहाइ मृत्यु अल्पायुमै हुने गरेको छ,” डा. रेग्मीले भने ।

त्यस्तै, बरिष्ठ मुटु रोग विशेषज्ञ प्रा. डा. भगवान कोईरालाले मानिसहरू नसोची ‘रिएक्ट’ गर्ने बानीले मुटु स्वास्थ्यमा नकारात्मक असर पारिरहेको भन्दै जीवनशैलीमा सजगता अपनाउन आग्रह गरे। उनले मुटुलाई स्वास्थ बनाइराख्न सधै व्यायाम गर्नुपर्ने, समयमै

उच्च रक्तचापको उपचार गर्ने तथा धुम्रपान त्याग्नुपर्ने वताए ।

हाल नेपालमा उच्च रक्तचाप भएका मध्ये २० प्रतिशतले मात्र उपचार गरिरहेका छन् जसलाई कम्तीमा ५० प्रतिशतसम्म पुऱ्याउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

त्यस्तै, कार्यक्रममा सम्बोधन गर्दै नेपाल मेडिसिटीका अध्यक्ष डा. उपेन्द्र महतोले, “हाम्रो सरोकार केबल नेपालमा मात्र सीमित हुनु हुँदैन, विश्वलाई बुझाउनुपर्ने आवश्यकता छ,” भन्दै अन्तर्राष्ट्रिय स्तरसम्म अभियान विस्तार गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा चिकित्सकहरुले मुटुलाई स्वस्थ र निरन्तर ध‌ड्किरहन व्यायामलाई दैनिकी बनाउने, स्किन टाइम घटाउने, धूम्रपान र जंक फूड परित्याग गर्ने तथा तनाव व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् । तथ्याङ्गअनुसार हाल नेपालमा ४० प्रतिशत मानिसको दैनिक ‘स्क्रिन टाइम’ सात घण्टाभन्दा बढी रहेको छ ।

नेपाल मेडिसिटीको प्रडगणमा भव्य रुपमा विश्व मुटु दिवस मनाइएको छ । नेपाल मेडिसिटी अस्पतालले नेपाली जनताका लागि अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा सर्वसुलभ शूल्कमै उपलब्ध गराउन निरन्तर प्रयास गरिरहेको छ । नेपाल मेडिसिटी अस्पताल सम्पूर्ण नेपालीहरुको स्वास्थ्य सेवामा सधै समर्पित छ ।