काठमाडौं, असाेज ११
राष्ट्रिय मुक्ति पार्टी नेपालले ९ राष्ट्रिय परिषद् प्रमुख मनोनीत गरेको छ।
पार्टीको अन्तरिम विधान २०८१ को दफा १३९ को उपदफा १९ र २८ अनुसार पार्टीको केन्द्रीय कार्यकारिणी समितिको सिफारिस अनुसार ९ जनालाई विभिन्न परिषदमा मनोनीत गरिएको महासचिव केशव झाले जानकारी दिए।
