neapl investment mega bank
  • गृहपृष्ठ
  • अर्थ मन्त्रालयका सबै  टिप्पणी अब डिजिटल स्वीकृतिबाट हुने

अर्थ मन्त्रालयका सबै  टिप्पणी अब डिजिटल स्वीकृतिबाट हुने

Sep 26th, 2025

काठमाडाैं, असाेज १०

अर्थ मन्त्रालयका सबै टिप्पणीको डिजिटल स्वीकृत गर्ने प्रक्रियाको सुरुवात हुने भएको छ । अर्थमन्त्री रामेश्वर खनालले आजदेखि मन्त्रालयका सबै टिप्पणीको डिजिटल स्वीकृत सुरुवात गर्ने बताएका हुन् ।

अहिलेसम्म सरकारी कार्यालयका टिप्पणीहरू कागजमा मात्रै स्वीकृत गर्ने परम्परा रहेको छ । पछिल्लो जेन-जी आन्दोलनको क्रममा अधिकांश सरकारी कागजात तथा दस्तावेजहरू जलेका छन् । 

अर्थ मन्त्रालयले गरेको डिजिटल टिप्पणीको सुरुवातले डाटा सेन्टरमा दस्ताबेज सुरक्षित हुन सक्ने देखिन्छ ।