neapl investment mega bank

१२ निर्माण कम्पनी कालोसूचीमा

Sep 25th, 2025

काठमाडौं, असाेज ९

काठमाडौँ । सरकारले विभिन्न १२ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।  सार्वजनिक खरिद अनुगमन कार्यालयले आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको हो । 

कार्यालयले आज एक सूचना जारी गर्दै असोज ८ गतेको निर्णय अनुसार सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी कालोसूचीमा राखिएका निर्माण कम्पनीको सूची सार्वजनिक गरेको हो । 

कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायहरूबाट कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने व्यवस्था गरिएको छ ।