neapl investment mega bank

अध्यक्ष पदबाट बाबुरामले दिए राजीनामा

Sep 24th, 2025

काठमाडौं, असाेज ८

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।

बुधबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय समितिको बैठकमा उनले राजीनामा पेस गरेका हुन् ।

भट्टराईको राजीनामा पछि बैठकले केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनमा जाने निर्णय गरेको छ । महाधिवेशनका लागि आयोजक कमिटी पनि गठन भएको छ ।