काठमाडौं, असाेज ८
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्। बुधबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भएको यो भेटमा मेयर शाहले आन्दोलनले उठाएका मागहरूमा जोड दिएका थिए।
स्रोतका अनुसार, भेटमा बालेनले आन्दोलनका मागहरू कार्यान्वयन गर्नुपर्ने विषयमा छलफल गरेका थिए।
जवाफमा प्रधानमन्त्री कार्कीले जेनजीको मागप्रति आफू प्रतिबद्ध रहेको बताएकी थिइन्। उनले निर्वाचन र सुशासनलाई आफ्नो प्राथमिकतामा राखेको उल्लेख गरिन्।