neapl investment mega bank
  • गृहपृष्ठ
  • सिंहदरबारबाट आगजनी गरिएका सवारीसाधन हटाइँदै

सिंहदरबारबाट आगजनी गरिएका सवारीसाधन हटाइँदै

Sep 19th, 2025

काठमाडौं, असाेज ३

जेनजी’ प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधन हटाएर व्यवस्थापनको कार्य सुरु गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जलेका सवारीसाधनलाई संसद् भवनको खाली ठाउँमा लगेर व्यवस्थापन गर्न थालिएको छ ।

मन्त्रालयका प्रवक्ता भिमार्जुन अधिकारीले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समन्वयमा जेनजी प्रदर्शनका क्रममा सिंहदरबारभित्र आगजनीबाट क्षति पुगेका सवारीसाधन हटाउन थालेको जानकारी दिनुभयो ।