neapl investment mega bank
  • गृहपृष्ठ
  • मुलुकमा जुनसुके व्यवस्था आएपनि सर्वोच्च पदमा बाहिरी जिल्लाबासी, उपत्यकाबासी हेरेको हेर्थे

मुलुकमा जुनसुके व्यवस्था आएपनि सर्वोच्च पदमा बाहिरी जिल्लाबासी, उपत्यकाबासी हेरेको हेर्थे

Sep 5th, 2025

काठमाडौं, भदाै २०

०४६ सालअघि वा वर्तमान समयसम्म आइपुग्दा मुलुक पञ्चायती, बहुदलीय हुँदै लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छ । काठमाहो उपत्यकाभित्र भक्तपुर, काठमाडो र ललितपुर तीन जिल्ला पर्दछन् । मुलुकमा ७७ वटा जिल्ला छन् । यी तीन जिल्लाका जनता पञ्चायती, बहुदलीय व्यवस्था हुँदा होस् या लोकतन्त्र गणतन्त्र आएपछि समेत प्रधानमन्त्री, राष्ट्रपति भएका छैनन् ।

मुलुकमा पञ्चायती, बहुदलीय र लोकतन्त्र गणतन्त्र आएपछि समेत वाहिरी जिल्लाका मानिसहरु प्रधानमन्त्री, राष्ट्रपति छन् । उपत्यका मुलुकको सबैभन्दा विकसित ठाउँ हो । गुलुकको राजधानीसमेत यही पर्छ। तर, राजधानी र सबैभन्दा शिक्षित मानिने ठाउँकै स्थानीयवासीले अहिलेसम्म देशको नेतृत्व गर्न पाएका छैनन् ।

बरु उनीहरु विस्थापित हुँदै गएका छन् । उपत्यकाका रैथाने बासिन्दा विस्थापित भइरहेका छन् । २०२५ सालसम्मद श रोपनीदेखि सयौं रोपनी जमिन भएका उपत्यकाबासीको अहिले एक आनासमेत जमिन छैन। उनीहरु सुकुम्बासी भएका छन् अनि अन्यत्र पुगेका छन् । उपत्यकाभित्रका सरकारी, सार्वजनिक, गुठी, ऐलानी, मठमन्दिरलगायतका जग्गा पनि बाहिरी जिल्लाका मानिसहरुले दर्ता गरेर खाएका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासनजिके ललिता निवासको जग्गासमेत दर्ता गर्न भ्याए । यसमा भाटभटेनी साहू मीनबहादुर गुरुङको संलग्नता पुष्टि भइसक्यो । यो कसुरमा उनलाई दुई वर्ष कैद र ८० लाख रुपैयाँ जरिवानाको फैसलासमेत अदालतले सुनाइसकेको छ । गुरुङ खोटाङका हुन् । उनी त एक पात्र मात्रै हुन्। यस्ता थुप्रै छन्, जो बाहिरी जिल्लामा जन्मिए तर उपत्यकाको सरकारी, सार्वजनिक, गुठी, ऐलानीलगायत जग्गा दर्ता तथा हिनामिना गरे ।

सिहदरवारपछाडिको कालिस्थान वाँसघारीग्नि पुतलीसडक, कालिस्थान, घट्टेकुलो, अनामनगर, हनुमानथान, विजुलीबजार, सिडियो कार्यालय वरपर, रामशाहपथस्थित अन्नपूर्ण हस्पिटल बनेको जग्गा सरकारी, गुठी र ऐलानी हो। मैत्रीदेवी धोवी खोला छेउ पेट्रोल पम्प सञ्चालन भएको र दायाँबायां घर बनेका जग्गा पनि सरकारी नेै हो।

०२९ सालसम्म धोवीखोला बगेर घ‌टेकलो चोकसम्म आउन्थ्यो भन्नेहरु अझै भेटिन्छन् । ०४६ सालअघि तत्कालिन सरकारले यो ठाउँमा घोडा पाल्ने योजना बनाएको थियो । त्यसैले, यहाँ घरलगायत कुने पनि संरचना बनाउन रोक लगाइएको थियो । मानिसहरु यो जग्गामा आफ्‌ना गाईवस्तु चराउँन्थे । यता, घट्टेकुलोमा पानी घट्ट ने थियो तर अहिले त्यो मासिएको छ । अहिले नाम घट्टेकुला छ, पानी घट्ट चाँहि छैन ।

सिंहदरबारपछाडिका यी सरकारी-सार्वजनिक कसरी व्यक्तिको नाममा गयो त? भन्नुपर्दा ०४६ सालको परिवर्तनपछि आन्तरिम सरकारको प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई बने । उनले सिंहदरबारपछाडिका बाटो खोलिदिए । अनि त्यहाँको जग्गामा व्यक्तिहरुले कब्जा जगाएका हुन् । भक्तपुरको सल्लाघारी तीनकुनेगा ०२४ सालगा राजपरिवारले एक सय आठ रोपनी दुई आना एक दाम जग्गा प्रत्येक रोपनीको एक हजार रुपैयांगा स्थानीयसंग किन्यो ।

त्यत्रो जग्गामा अहिले बढीमा ५५ ७० रोपनी छ। अरु जग्गामा व्यक्तिहरुले घर ठड्‌याएका छन् । भक्तपर नगरपालिका-१, स्थित आर्मी ब्यारेक दायाँबायाँ, चंगा गणेश, दवाकोट जाने ट्याम्पो पार्क, हनुमन्ते खोला यता सिर्जनानगरको जग्गा ०२१ र ०२८ मा दुर्य पटक नापी गरेर ऐलानी, गुठी र सरकारीमा राखियो । ०२९ सालसम्म यो ठाउँमा एउटै घर बनेको थियो ।

०३२ सालमा मजदुर किसान पार्टीका एक कार्यकर्ताले यहां छाप्रो हाले । त्यही व्यक्तिले ०३५ सालमा कच्ची इट्टा, दंगा र माटोले घर बनायो। छानोमा भिंगटी हालेर । ०४६ सालमा पञ्चायती व्यवस्था हलेर वहुदलीय व्यवस्था आयो। अनि यो जग्गा कब्जा गर्न मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र प्रेम सुवालसहितले आफ्‌ना कार्यकर्तालाई निर्देशन दिए। र, यो सबै सरकारी जग्गा व्यक्तिको नागमा गयो ।

०४८ सालदेखि ०७० सालसम्म भक्तपुर क्षेत्र नम्बर १ बाट नारायणमान विजुक्छेले चुनाव जिते । बुढेसकाल लागेपछि उनले प्रेम सुवाललाई ०७४ को चुनावमा उम्मेदवार बनाए । त्यसयता सुवालले यहाँबाट जितिरहेका छन् । भक्तपुरका यी ठाउँमा लाखौं रोपनी सरकारी जग्गा छ । यो जग्गाको बजारी भाउ अहिले आनाके २५ लाखदेखि करोडो छ ।

यहां ७६ जिल्लाबासीले जग्गा किनेर घर बनाएका छन् । सिंहदरबारपछाडिका जग्गा त झन् आनाके एक करोडो तीन करोडसम्म पर्छ। उपत्यकाभित्रका लाखों रोपनी सरकारी, गुठी, ऐलानी, आर्यघाट, हदबन्दी बढीका, ताल, पोखरी, कँवा, ढुंगेधारा, मठमन्दिरलगायतका जग्गा व्यक्तिको नाममा गएको छ । हुँदाहुँदै खोलाको जग्गासमेत सुकुम्बासीका नाममा कब्जा गरिएको छ ।

उपत्यकावासी र उपत्यकाको जमिन चाहि खान हुने अनि उपत्यकाबासीलाई चाहि प्रधानमन्त्री, राष्ट्रपति बनाउन नमिल्ने । उपत्यकावासी एकदमे सिधा, त्यसैले उनीहरुको इमान्दारिता र सोझोपनको फाइदा बाहिरी जिल्लाका मानिसहरुले उठाए । उनीहरुले उपत्यकाको जग्गासँगे सत्तासमेत आफ्‌नो हातमा लिए । र, उपत्यकावासीलाई चाहि विस्थापित गराए । बाहिरी जिल्लाका मानिसहरुले मुलुकको सर्वोच्च ओहोदामा पुगे ।

उपत्यकामा रोपनीका रोपनी जग्गा जोडे । विडम्बना, उपत्यकाकै रैथानेबासिन्दा चाँहि न पदमा पुगे न उनीहरुसँग अहिले आफ्‌नो जमिन ने छ । ७४ जिल्लाका मानिसहरुले तीन जिल्ला (उपत्यका) का जनतालाई फकाएर, लोभ्याएर उनीहरुको सम्पत्ति हड़पे ।

फेरि यो कुरा नेपालीभन्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छिटो बझे । त्यसकारण उनले आफ्‌नो देशमा पढ्नदेखि रोजगारीका लागि आएका नेपालसहितलाई सीमित समयमात्र वस्न दिने कानून बनाएका छन्। यसबाट अमेरिकी नागरिकलाई ठूलो राहत भएको छ । किनकि अमेरिकामा पनि गैरनागरिकहरुको बसोबास बढ्‌दो छ ।

जसका कारण अमेरिकी नागरिक चाँहि रोजगारीदेखि विभिन्न सेवासु‌विधाबाट वञ्चित हुन् परेको छ । काठमाडौं उपत्यकामा बाहिरी जिल्लाका मानिसहरुले ठूल्ठूलो घर बनाएका छन् । उनीहरु सार्वजनिक स्थलमा कुरा गरिरहेको सुनिन्छ, ‘हाम्रो त गाउँमा पनि २० रोपनी जग्गा छ । छोराछोरीले अमेरिका, अस्ट्रेलियामा समेत घरजग्गा जोडेका छन् ।’

बुढापाकाले भन्थे, जहाँ कंगाल त्यही चण्डाल। बाहिर जिल्लामा मानिसहरु खान नपाएपछि उपत्यका पसे । यहाँ अरुलाई ठगेर भ्रष्टाचार गरेर अकृत समपत्ति जोडे । घरजग्गा किने । छोराछोरीलाई अमेरिका, अस्ट्रेलिया पठाए । उनीहरुले उपत्यकाबासीलाई विस्थापित गराए ने संगे अमेरिका, अस्ट्रेलियाका जनतालाई समेत विस्थापित गराउन खोजे ।

नि यो कुरा बुझेपछि ढम्प एक्सनमा उत्रिएका हुन् । नेपालको वर्तमान सरकारमा केपी शर्मा ओली प्रधानमन्त्री छन् । उनको जन्मथलो तेह्रथुम हो। पछि झापा सरेको हो । ओलीको भक्तपुर बालकोटमा दश रोपनी जग्गामा दरवारजस्तो घर छ। तर, चुनाव चाँहि जहिल्यै झापाबाटे लड्छन् । शहरी विकासमन्त्री प्रकाशमान सिंह छन् । उनी काठमाडौंका रैथाने हुन् ।

ओली विदेश गएको बेला उनी कार्यवाहक प्रधानमन्त्री हुन्छन् । र, जिम्मेवारी सम्हालेर बस्छन् । उपत्यकाबासीलाई बाहिरी जिल्लाका मानिसहरुले कसरी राखेका छन् ? भन्ने यो ठूलो उदाहरण हो ।

रुषा थापा /भक्तपुर