ललितपुर, भदाै १८
ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सेवा प्रवाहलाई सहज बनाउँदै संस्कृति, सम्पदाको संरक्षणमा सहजीकरणको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालयमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
जिल्ला प्रशासन कार्यालयमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । जात्रा, पर्व संस्कृतिम मौलिक परम्पराको हिसाबले ललितपुरको विशिष्ट महत्व रहेकोलाई आत्मसात गरेको बताउँदै प्रमुख जिल्ला अधिकारी घिमिरले भन्नुभयो, ‘तपाईहरुले दिएको सुझावलाई ध्यानमा राखेर यहाँका पुरात्तात्विक स्थल, पोखरी, गुठीको जग्गा संरक्षणमा ध्यान दिनेछौं ।’