neapl investment mega bank
  • गृहपृष्ठ
  • बेंकार्डो ‘साथ–सहयोग’ कार्यक्रम तथा ‘बेनकार्डो होम सोलुसन भर्टिकल’ उद्घाटन सम्पन्न

बेंकार्डो ‘साथ–सहयोग’ कार्यक्रम तथा ‘बेनकार्डो होम सोलुसन भर्टिकल’ उद्घाटन सम्पन्न

Sep 1st, 2025

बुटवल, भदाै १६

बेंकार्डोले बुटवलस्थित क्लब डेनोभोमा “बेंकार्डो साथ–सहयोग” कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा डीकेजिएम इन्टरप्राइजेजका प्रा।लि।का निर्देशक किरण ज्ञवालीले सम्पूर्ण च्यानल पार्टनरहरूलाई धन्यवाद ज्ञापन गर्दै बेनकार्डो र डीकेजिएम बिचको एक दशक लामो सफल सहकार्यप्रति आभार व्यक्त गरे ।

“हामीले बिताएको यो दस वर्ष केवल व्यवसायिक यात्रा मात्र नभई विश्वास, सहयोग र साझेदारीको दशक हो”उनले भने ।
सोही अवसरमा कम्पनीका मार्केटिङ प्रमुख नितिक शर्माले बेनकार्डो होम सोलुसन भर्टिकल अन्तर्गतका नयाँ उत्पादनहरू किचेन चिम्नी, किचेन कुकटप र इलेक्ट्रिक गीजर सार्वजनिक गरेका थिए ।

उनले यी उत्पादनहरूको आधुनिक प्रविधि,आकर्षक डिजाइन र उपयुक्त मूल्यबारे प्रष्ट पार्दै भने, “बेंकार्डोको लक्ष्य नेपालमा निरन्तर रूपमा किफायती बाथवेयर र किचेनवेयर उपलब्ध गराउनु हो।” बेंकार्डो बाथवेयर र बेंकार्डो होम सोलुसन आज मध्यपूर्व, दक्षिण–पूर्व एसिया र दक्षिण एसियामा बलियो रूपमा क्रियाशील बहुराष्ट्रिय ब्राण्डको रूपमा स्थापित कम्पनीहरु हुन् । नेपालमा विगत एक दशकदेखि उपभोक्तालाई सेवा दिँदै आएको बेंकार्डो आज सबैभन्दा रुचाइने ब्राण्डमध्ये एक बन्न सफल समेत भएको छ ।
६० भन्दा बढी च्यानल पार्टनरहरूको उपस्थिति रहेको सो कार्यक्रममा बेंकार्डो र डीकेजिएमका सम्पूर्ण कर्मचारी उपस्थित थिए ।