neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधानमन्त्रीलाई बालेनको आग्रह–लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला

प्रधानमन्त्रीलाई बालेनको आग्रह–लिपुलेक हाम्रो हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला

Aug 30th, 2025

काठमाडौं, भदाै १४

शनिबार प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल चीनतर्फ लागेपछि सामाजिक सञ्जालमार्फत उनले नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले नेपालको सार्वभौमिकतामाथि अतिक्रमण गरेको भन्दै यसबारे कुरा उठाउन आग्रह गरेका हुन् । 

उनले लेखेका छन्, “चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यू । नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला । अल द बेस्ट हामीलाई तपाईंमाथि पूर्ण विश्वास छ ।”

उनले ओलीलाई अल द बेस्टको साथै यसबारे कुरा उठाउने पूर्ण विश्वास रहेको पनि लेखेका छन् ।