neapl investment mega bank
  • गृहपृष्ठ
  • डा गोविन्द केसीले आइतबारदेखि अनसन सुरु गर्ने

डा गोविन्द केसीले आइतबारदेखि अनसन सुरु गर्ने

Aug 29th, 2025

काठमाडौं, भदाै १३

चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले आइतबारदेखि आमरण अनसन सुरु गर्ने भएका छन्। 

चिकित्सा शिक्षा आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको बैठकले निजी मेडिकल कलेजहरुको सिट संख्या थप्ने निर्णय गरेको विरोधमा डा केसीले अनसन सुरु गर्न लागेका हुन्।

डा केसीले आयोगको उक्त निर्णयले गुणस्तरमा असर गर्ने भन्दै निर्णय फिर्ताका लागि आग्रह गरेका थिए। तर उनको आग्रहका विषयमा सरकारले कुनै काम अगाडि नबढाएपछि अनसनको घोषणा गरेका हुन्।