काठमाडौं, भदाै ११
कृषि विकास बैंकको सञ्चालक समितिमको अध्यक्षमा डिमप्रसाद पौडेल चयन भएका छन् । सञ्चालक समितिको आज बसेको बैठकले पौडेल अध्यक्ष चयन गरेको हो । पौडेललाई सञ्चालक समितिको अध्यक्ष बन्ने गरी अर्थ मन्त्रालयले सञ्चालक सदस्यमा नियुक्त गरेको थियो ।
नेपाल वायुसेवा निगमकमा महाप्रबन्धक भइसकेका पौडेलले निजी क्षेत्रका विभिन्न कम्पनीको नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् ।
पौडेलले चितवन मेडिकल कलेज, नेपाल क्यान्सर अस्पतालजस्ता संस्थाहरूको पनि व्यवस्थापकीय जिम्मेवारी निर्वाह गरिसकेका छन् । साथै, वित्त तथा व्यवस्थापन परामर्शदाताको रूपमा देश तथा विदेशका विभिन्न कम्पनीलाई सेवा प्रदान गरेको पनि बताइएको छ । साथै, पौडेल ब्लु चिप्स भेन्चर क्यापिटल र ब्लु स्काइ इनर्जी लिमिटेडका अध्यक्ष रहेका छन् ।