काठमाडौं, भदाै ११
आज गणेशको पूजा गरी गणेश चतुर्थी पर्व मनाईंदै छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । काठमाण्डौ उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।
शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ ।
यस अवसरमा केहीले गणेश चतुर्थीको व्रत समेत गर्छन् । यस दिन नेवार समुदायमा ‘छुस्यामुस्या’ अर्थात् गेडागुडी भुटेर खाने र बालबालिकालाई बाँड्ने चलन पनि छ ।